सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिंगो देश होलीमा रमाउँदा सिन्धुपाल्चोक ढोटारका कृषकहरु तालिममै व्यस्त

सिन्दुपाल्चोक । काम गर्ने हातहरु चाड पर्व मनाउने भन्दा काममा विश्वास गर्छन भन्ने पछिल्लो उदाहरण बनेको छ सिन्दुपाल्चोक ढोटारका कृषकहरु । उनीहरु सिंगै देश होलिमा व्यस्त रहँदा कृषि उत्पादन कसरि बढाउन सकिन्छ भन्ने तालिममा व्यस्त देखिन्थे ।जिल्ला कृषि विकास कार्यलय सिन्दुपाल्चोकले आयोजना गरेको कृषि तालिममा उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो ।सो अवशरमा नेपाल एग्रो लाईभका कार्यकारी निर्देशक राजन गैरेले बेमौशमी तरकारी खेती, थोपा सिंचाई प्रविधि , गोमेज घर व्यवस्थापन लगाएतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरेका थिए ।

तालीम पश्चात उत्पादन बढाउन तालिमले उल्लेख्य भूमिका खेल्ने बताए ।